
नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले नेता रामबहादुर थापा बदलको संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १÷१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहने बताए ।