३० जेठ २०८३, शनिबार

सुदूरपश्चिममा थप २० जनामा सङ्क्रमण

कात्तिक ४, २०७८
सुदूरपश्चिममा थप २० जनामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६२४ जनाको नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
    
पन्ध्र जनामा आरडिटी पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल ११, डडेल्धुरा अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्