११ साउन २०८३, सोमबार

एमाले स्थायी कमिटी बैठक आज पनि, यस्ता छन् एजेण्डाहरू

कात्तिक ५, २०७८
एमाले स्थायी कमिटी बैठक आज पनि, यस्ता छन् एजेण्डाहरू

नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शुक्रवार) बस्दैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठकले निकालेको निष्कर्ष प्रस्तुत गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि स्थायी कमिटी बैठक बिहीवार बसेको थियो । 

बिहीवार बसेको बैठकले एमालेको दशौं राष्ट्रिय महाधिवेशन स्थल बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको छ । 

दशौं राष्ट्रिय महाधिवशेन आयोजना गर्नका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । 

१० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक पनि बिहीवार बसेको थियो । सो बैठकको निष्कर्ष आजको स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने प्रवक्ता ज्ञवालीले  जानकारी दिए।

    salt training

    कमेन्ट गर्नुहोस्