२४ जेठ २०८३, आइतबार

दोस्रो चरणको मतदान नजिकियो, बदर नहुनेगरी यसरी हाल्नुस् भोट

कात्तिक २०, २०७४
दोस्रो चरणको मतदान नजिकियो, बदर नहुनेगरी यसरी हाल्नुस् भोट
काठमाडौं,७ असार- स्थानीय तह चुनाव अन्तर्गतको दोस्रो चरणको चुनाव असार १४ गतेका लागि तय भएको छ । चुनाव अउन केही दिनमा मात्र बाँकी रहँदा मतदाताले भोट खसाल्ने सही जानकारी पाउन अवश्यक छ ।


असार १४ गते विहान ७ बजेदेखि सुरु हुने मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने छ । मतदान सहीरूपमा गरि अाफ्नो मत खेर नफाल्न अायोगले बसैमा अाग्रह गरेको छ । 

यसरी हाल्नुस् मत

मतपत्रमा पहिलो लाइनमा अध्यक्ष वा प्रमुख, दोस्रो लाइनमा उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लाइनमा वडाध्यक्ष, चौथौ लाइनमा महिला सदस्य, पाँचौँ लाइनमा दलित महिला सदस्य तथा छैटाैं र सातौं लाइनमा दुई अन्य खुला वडा सदस्यका लागि रहेको छ ।

खुला दुई वडा सदस्यका बारेमा मतदातालाई पहिचान गर्न उम्मेदवारको वर्णानुक्रमानुसार पहिलोलाई एक चिह्न र दोस्रोलाई दुई चिह्नको व्यवस्था गरिएको आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारका लागि भने सबै लाइनमा एकै चुनाव चिह्न राखिएको छ  । 


मतदान स्थलमा के गर्न पाइदैन


मतदानस्थलमा मोबाइल फोन र क्यामरा निषेध गरिएको छ । मोबाइल वा क्यामराले फोटो खिच्न खोजियो वा लाइनमा बसेर कुराकानी गर्न खोजियो भने पनि कारबाही हुन सक्छ । 

मतदान स्थलमा कुनै पनि प्रकारका हातहतियार लैजान पाइने छैन । घरेलु हतियारहरु चक्कु, खुकुरी तथा अन्य धारिला हतियार पनि मतदानस्थलमा निषेध गरिएको छ । 

मतदान केन्द्रमा तीनवटा प्रवेशद्वार बनाइएको हुन्छ । गर्भवती, सुत्केरी, अपांगता भएका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, किरियामा बसेका मतदाताहरुले लाइन नबसी मतदान गर्न सक्ने छन् । 

मतदान केन्द्रमा पुरुष र महिला मतदाताको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको गरिने छ ।
अयोगले मैथिलि भाषामा पनि निर्वाचनमा सही रूपमा मत खासाल्ने विधिसहितको विवरण र भिडियोहरू सार्वजनिक गरेको छ ।


मतदाताहरुले यी कुराहरुमा पनि ध्यान दिनुहोलाः 

  • मतदान गर्न जाँदा मतदाता परिचयपत्र लैजान नबिर्सिनुहोस् ।
  • भोट हाल्ने लाइनमा धेरैबेर उभिनुपर्ने भएकाले पानी र खानेकुरा सँगै बोकेर लैजानुहोस् ।मौसमविद्का अनुसार पानी पर्ने सम्भावना भएकाले साथमा छाता वा वर्षात छेक्ने साधन बोक्नुहोस् ।
  • मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचयपत्र बनाउन नसकेकाले नागरिकता, पासपोर्ट, लाइसेन्स, जग्गाधनी प्रमाणपत्र या अरु कुनै फोटो भएको सरकारी परिचयपत्र देखाएर पनि मतदान गर्न सकिने छ ।
  • भोट हाल्ने मतपत्र लिँदा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन राम्ररी हेरेर निश्चित भएपछि मात्रै आफूलाई मनपरेको उम्मेदवारको चुनाव चिह्नमा स्वस्तिक छाप लगाउनुहोस् । हस्ताक्षर नभएको मतपत्र बदर हुन्छ ।
  • तपाईंलाई मन परेको मनपरेको उम्मेदवारको चुनाव चिह्नको घेराभित्र पर्ने गरी स्वस्तिक छाप लगाउनुहोस् । स्वस्तिक छाप लगाउँदा चुनाव चिह्न नछुनुहोला । मतदान गरेको मतपत्र कसैलाई नदेखाउनुहोस् ।
  • मत दिइसकेपछि मसि नलतपतिने गरी राम्रोसँग पट्टयाएर मतपेटिकामा खसाल्नुहोस् ।

निर्वाचनबारे केही जानकारी



salt training

कमेन्ट गर्नुहोस्