२७ असार २०८३, शनिबार

जैविक विषादीको खपत बढ्दै

कात्तिक २०, २०७४
जैविक विषादीको खपत बढ्दै

 


बनेपा, ७ असार - व्यावसायिक तकारी खेतीमा जैविक विषादीको खपत बढ्दै गएको छ ।

व्यावसायिक तरकारी खेतीमा जैविक विषादीको बढी प्रयोग, कृषकमा देखिएको चेतना, एकिकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) पाठशालाको सञ्चालन, सरकारको कडाइका कारण जिल्लामा रासायनिक विषादीको मात्रा घटेको जिल्ला कृषि विकास कार्यालयका विषादी निरीक्षक देवराज अधिकारीले बताउनुभयो ।

विषादी व्यवस्थापन सबैको जिम्मेवारी भएको र व्यवस्थापन सम्बन्धी नियम पालना नभएमा कसैलाई छुट नहुने उहाँको भनाइ थियो । “हामीले एग्रोभेटले बिक्री गरेको जैविक विषादीको मात्रा मात्रै हेरेका छौँ, तर गाउँगाउँमा झोलमोल, तीतेपाती, निमको झोल र गाई, भँैसीको गहुँतको कुनै लेखाजोखा छैन,” अधिकारीले भन्नुभयो ।

जिल्लाको कुशादेवी, उग्रचण्डीनाला, पाँचखाल, महादेवस्थान, भकुन्डेबेँेसीलगायत क्षेत्रमा जैविक विषादीको प्रयोग बढेको पाइएको छ । जिल्लामा २.१६ लिटर जैविक विषादी खपत भएको तथ्याङ्क छ । एकिकृत शत्रुजीव व्यवस्थापन कृषक सहजकर्ता महेश्वर दाहालले आएपिएम कृषक पाठशाला र प्रदर्शनीमार्फत रासायनिक विषादीको विकल्पबारे कृषकलाई जानकारी गराउँदै आएको बताउनुभयो ।

एग्रोभेट एसोसियसनका उपाध्यक्ष सरोज सापकोटाले विषादीको प्रयोग भएपछि पर्खने समयको पालना गर्न कृषकलाई आग्रह गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्