×

NMB BANK
NIC ASIA

लागूपदार्थ दुर्व्यसनमा बलिउड : आफू भ्रष्ट, अरूलाई उपदेश !

कात्तिक ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले लागूपदार्थको मुद्दामा पुर्पक्षका लागि कारागारमा राखेपछि बलिउडमा लागूपदार्थ सेवनको समस्याका विषयमा चर्को बहस भइरहेको छ । 

Muktinath Bank

भारतीय सञ्चारमाध्यमहरूले बलिउडमा सक्रिय ड्रग माफियालाई भण्डाफोर गरी कारवाही गर्न सरकारलाई आग्रह गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि ह्याशट्याग बलिउडड्रगीज, ह्याशट्याग ड्रगीवूड, ह्याशट्याग सुपरकपसमीरवान्खेडे ट्रेन्डिङमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त विगत एक वर्षदेखि बलिउडमा लागूपदार्थ सेवनको समस्याका विषयमा व्यापक चर्चा हुन थालेको थियो । उदाउँदा कलाकार सुशान्त सिंह राजपूतको असामयिक मृत्युपछि उनी र उनकी प्रेमिका रिया चक्रवर्तीले लागूपदार्थ सेवन गर्ने गरेको सार्वजनिक भएको थियो । 


Advertisment
Nabil box
Kumari

बलिउडको चकाचौंधमा लुकेका विकृत पक्षहरू थुप्रै छन् र लागूपदार्थ सेवन त्यसको पछिल्लो कडी हो । त्यसो त निकै पहिला पनि सञ्जय दत्तले लागूपदार्थ सेवन गर्ने गरेको र त्यसको नशाबाट मुक्त हुनका लागि पुनःस्थापना केन्द्रमा समय बिताएको विषयले चर्चा कमाएको थियो । उनको जीवनीमा बनेको फिल्म ‘संजू’मा त्यसलाई दर्शाइएको छ । उनीबाहेक यो यो हनी सिंह, फरदीन खान, कपिल शर्मा, प्रतीक बब्बर, (ऋतिक रोशनकी पूर्वपत्नी) सुजैन खान पनि दुर्व्यसनको लत छुटाउन पुनःस्थापना केन्द्रमा बसेका थिए ।

Vianet communication
Laxmi Bank

यथार्थवादी फिल्म बनाउने निर्देशक मधुर भण्डारकरले सन् २००८ मा सार्वजनिक गरेको चलचित्र फेशनले मोडलिङको दुनियाँमा लागूपदार्थ सेवनको समस्यालाई उजागर गरेको थियो । त्यसमा लागूपदार्थ सेवनको समस्याका कारण पतन भएकी शोनाली गुजराल नामक मोडलको भूमिका कंगना रनावतले निर्वाह गरेकी थिइन् । 

कंगनाले आफू पनि लागूपदार्थको दुर्व्यसनी बनेको स्वीकार गर्दै आईजीटीभीमा एउटा भिडियो अप्लोड गरेकी थिइन् । तिनै कंगना अहिले बलिउडमा लागूपदार्थको भयावह समस्याका विषयमा बताउँछिन् । 

कंगनाले बलिउडमा लगभग ९० प्रतिशत व्यक्तिले लागूपदार्थ सेवन गर्ने गरेको दाबी पोहोर साल गरेकी थिइन् । उनले प्रहरी र राजनीतिकर्मीहरू पनि बलिउड सेलेब्रिटीसँग लागूपदार्थ सेवनको साझेदार बन्ने गरेको आरोप लगाएकी थिइन् । 

कंगनाको आरोपलाई सही साबित गर्दै एनसीबीले गरेको व्यापक धरपकडले बलिउडमा लागूपदार्थको समस्या विकराल देखाएको छ । विशेषगरी जोनल डाइरेक्टर समीर वानखेडेले मुम्बईमा एनसीबीलाई पहिलेभन्दा बढी सक्रिय बनाएपछि बलिउडमा लागूपदार्थ सेवनको समस्या छताछुल्ल भएको हो । 

द वीक नामक वेबसाइटले उल्लेख गरेअनुसार, वान्खेडेसँग एउटा कोर टीम छ जसले व्यावसायिक तरिकाले छापा मार्ने गरेको छ र सफलता पनि हात पारेको छ । प्रोजेक्ट एपोक्यालिप्सी नामक कारवाहीमा वान्खेडे मातहतका अधिकारीहरूले जंगलका धापमा राति ६ घन्टासम्म लुकेर मुम्बईको आरेमा लागूपदार्थ तस्करी गरिरहेका सशस्त्र नाइजेरियालीहरूलाई पक्राउ गरेका थिए । वान्खेडेको आगमनपछि बलिउडको ड्रग माफियाको बारेमा संसारभरिका मानिसले जानकारी पाएका छन् । 

पोहोर साल अक्षय कुमारले पनि बलिउडमा लागूपदार्थ सेवनको समस्या रहेको बताएका थिए । तर उनले सबैजनालाई एउटै डालोमा राखेर हेर्न नहुने पनि बताएका थिए । 

फिल्म निर्देशक विवेक अग्निहोत्री बलिउडमा विगत एक दशकमा लागूपदार्थ सेवनको समस्या चर्किएको बताउँछन् । फर्स्टपोस्टमा प्रकाशित उनको लेखमा लागूपदार्थलाई फिल्म र संगीत क्षेत्रमा ग्ल्यामराइज तथा रोमान्टिसाइज गरिएकाले समस्या बढेको उल्लेख छ । लागूपदार्थको सेवनलाई फिल्महरूमा हलुका रूपमा लिइँदा त्यसको प्रभाव अन्य व्यक्तिहरूमा मात्र नभई सेलेब्रिटीहरूमै परेको उनी दाबी गर्छन् । 

अहिले सेलेब्रिटीहरूले गर्ने लागूपदार्थ सेवनका विषयमा मिडियाले निकै धेरै प्रचारप्रसार गरिरहेको देख्दा उनीहरू नशामा जतिखेर पनि झुम्मिएर बस्छन् कि जस्तो लाग्छ । तर त्यसो हुन्थ्यो भने उनीहरू जिममा गएर कडा व्यायाम गर्नै सक्दैनथिए होलान् । 

त्यसैले स्वास्थ्यप्रति सचेत रहँदै उनीहरू कहिलेकाहीँ लागूपदार्थ सेवन गर्ने गर्छन् जस्तो देखिन्छ । बलिउडका इतिहासकार इम्तियाज बग्दादी धेरैजसो सेलेब्रिटीहरू दुर्व्यसनी नभई रमाइलोका लागि लागूपदार्थ सेवन गर्ने गरेको बताउँछन् । 

तर बलिउडमा रेभ पार्टी (लागूपदार्थ सेवन गर्ने पार्टी) हरू बाक्लै आयोजना गरिने समाचारहरू आइरहेका छन् । आर्यन खान पनि विलासी क्रुज जहाज कोर्डेलिया एम्परेसमा आयोजित रेभ पार्टीमा सहभागी भएको अवस्थामा पक्राउ परेका हुन् । 

बलिउडका शीर्ष कलाकारहरूसँग नजिकिनका लागि सानातिना कलाकार पनि रेभ पार्टीहरूमा सहभागी हुने गरेको बताइन्छ । त्यस्तै लामो संघर्षपछि बलिउडमा नाम र दाम कमाएका कलाकारहरू पैसाको व्यवस्थापन गर्न नजान्दा पनि लागूपदार्थ सेवनको चक्करमा पर्ने गरेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । 

पैसा, प्रसिद्धि र प्रशंसा बलिउडले उपलब्ध गराउँछ । अनि भावुक भारतीयहरू बलिउडका कलाकारलाई देउतालाई झैं पुज्छन् । त्यसले पनि सेलेब्रिटीहरूलाई जे गरे पनि हुन्छ भन्ने मैमत्तपनाका लागि प्रेरित गर्ने गरेको छ । उनीहरू अरूलाई लागूपदार्थ सेवन नगर्न सल्लाह दिन्छन् तर आफैं यो घिनलाग्दो र स्वास्थ्यलाई हानि गर्ने कुराको सेवन गरिरहेका हुन्छन् ।

केही वर्षअघि लागूपदार्थ आपूर्ति गराउने बकुल चन्दरिया नामक व्यक्तिलाई लाखौं रूपैयाँ पर्ने लागूपदार्थका साथ पक्राउ गरिएको थियो । चन्दरियाले बलिउडका शीर्ष कलाकारहरू आफ्नो ग्राहक भएको स्वीकार गरेका थिए । उनले सलमान खान तथा रणवीर कपूरसँग खिचाएको तस्वीर सार्वजनिक भएको थियो ।

त्यसो त लागूपदार्थ सेवन बलिउडको मात्र नभई भारतभरिकै समस्या हो । लागूपदार्थ तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालय (यूएन ओडीसी) र भारतको सामाजिक न्याय मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनमा करोडौं भारतीयहरू रक्सी, गाँजा तथा लागूपदार्थको नशामा फसेका छन् । उक्त प्रतिवेदनले उल्लेख गरेअनुसार, भारतमा गाँजासँगै हेरोइन र मेथयाम्पहेटामाइन जस्ता कडा लागूपदार्थको पनि व्यापक सेवन हुने गरेको छ । 

यस्तो भयावह समस्यालाई निराकरण गर्ने दायित्व बलिउडले पनि वहन गर्नुपर्ने हुन्छ । दम मारो दम, जानबाज, चरस, देव डी जस्ता फिल्ममार्फत बलिउडले भारतमा लागूपदार्थ सेवनको समस्याको चित्र प्रस्तुत गरेको छ । 

तर सेलेब्रिटीहरूमा नै यो समस्या देखिँदा चाहिँ उनीहरू मौन छन् । अझ आर्यन खानलाई प्रतिरक्षा गर्नका लागि उनीहरूले विभिन्न बहाना बनाइरहेका छन् । 

बलिउडमा शुद्धीकरण अभियान शुरू गर्नुपर्ने आवश्यकता विगत एक वर्षदेखिको खुलासाहरूले बोध गराएका छन् । यसलाई गम्भीरतापूर्वक समाधान गरिन्छ कि मीटू आन्दोलन दबाएझैं दबाइन्छ भविष्यले बताउनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x