२६ जेठ २०८३, मंगलबार

रामचन्द्र पौडेलले भने- ‘अर्ली इलेक्सन’ हुँदैन, सरकार पूर्ण कार्यकाल चल्छ

कात्तिक ६, २०७८
रामचन्द्र पौडेलले भने- ‘अर्ली इलेक्सन’ हुँदैन, सरकार पूर्ण कार्यकाल चल्छ
फाइल तस्वीर।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन् । 

धनगढीको गेटा विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरेका हुन् । 

नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो  संविधान विपरीत हुने चर्चा गर्दै नेता पौडेलले संविधानमा ‘अर्ली इलेक्सन’बारे उल्लेख नभएकाले  छिटै चुनाव हुन नसक्ने बताए । 

संविधान जोगाउन आफूहरू अदालत गएको र अदालतको निर्णयले संसद्को आयु लम्बिएको जानकारी दिँदै उनले भने, ‘संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नैपर्छ ।’ नेता पौडेलले  एमसीसी पास गर्ने अधिकार संसद्लाई रहेकाले आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने बताए । 

नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सोधिएको प्रश्नमा कतिपय जिल्लामा धाँधली गरिएकाले त्यसलाई पुनः विचार गरेर अघि बढ्नाको विकल्प नभएको उनको भनाइ छ । 

नेता पौडेलले बाढी र पहिरोका कारण सुदूरपश्चिममा भएको भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतको व्यवस्था तत्काल गरिनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्