२८ जेठ २०८३, बिहीबार

सुर्खेतमा बम विस्फोट, दुई जना घाइते

कात्तिक ६, २०७८
सुर्खेतमा बम विस्फोट, दुई जना घाइते
सांकेतिक तस्वीर।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा सामुदायिक वनमा बम विस्फोट भएको छ । शनिवार बिहान झण्डै ११ बजे भएको बम विस्फोटमा परेर दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–६ की २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार रहेको सुर्खेत प्रहरीले जनाएको छ । उनीहरू घाँस काट्न गएको बताइएको छ । घाइतेहरूको उपचार स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बम कसले राख्यो, कसरी विस्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्