२७ जेठ २०८३, बुधबार

मुगुमा भरूवा बन्दुक पड्किएर एक बालकको मृत्यु

कात्तिक ६, २०७८
मुगुमा भरूवा बन्दुक पड्किएर एक बालकको मृत्यु
सांकेतिक तस्वीर।

मुगुमा भरूवा बन्दुक पड्किएर एक बालकको मृत्यु भएको छ । 

मुगु खत्याड गाउँपालिका-१०, डुवानाका अम्‍मर दिन रावलको छोरा १० वर्षीय विकासको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकाससहित ३ जना बच्चाहरुले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई उक्त भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्