३० असार २०८३, मंगलबार

यी हुन् एमाले बुटवलका वडा कमिटी अध्यक्षहरू

कात्तिक ६, २०७८
यी हुन् एमाले बुटवलका वडा कमिटी अध्यक्षहरू

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा कमिटीहरूको प्रथम अधिवेशन शनिवार एकसाथ सम्पन्न भएका छन् । 

एमालेको देशव्यापी वडा अधिवेशनअन्तर्गत बुटवलका १९ वटै वडामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरी अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनले वडा नम्बर १ को अध्यक्षमा रन्जु भट्टराई, २ मा सारथी अर्याल, ३ मा पदम रिजाल, ४ मा निधिराम ज्ञवाली ‘विष्णु’, ५ मा कौशलराज गैरे, ६ मा राजकुमार भट्टराई, ७ मा बसुन्धरा भुसाल, ८ मा नारायण खनाल ‘लेकाली’, ९ मा भोजबहादुर बुढाथोकी, १० मा कला केसी अध्यक्ष भएका छन् । 

त्यसै गरी वडा नम्बर ११ को अध्यक्षमा दिननाथ भट्टराई, १२ मा होमबहादुर क्षेत्री, १३ मा धु्रव थापा ‘झविन्द्र’, १४ मा कृष्ण भुसाल, १५ मा पूर्ण काफ्ले, १७ मा सूर्य न्यौपाने, १८ मा सागर पंगेनी र वडा नम्बर १९ को अध्यक्षमा चन्द्रसिंह थापा चयन भएको एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । वडा नम्बर १६ को सर्वसम्मत बनाउने तयारी भइरहेको पन्थीले जानकारी दिए । 

त्यस्तै हाटबजार शाखामा डोलराज फुल्लेल, लुम्बिनी वाणिज्य क्याम्पस पेशागत शाखातर्फ हिरण्य पन्थी चयन भएका छन् । अधिवेशनमा बोल्दै नेपालीले एमाले विभाजनले पार्टीमा कुनै असर नपरेको भन्दै आउँदो निर्वाचन पार्टीले बहुमत ल्याउने गरी लाग्न कार्यकताहरूलाई निर्देशनात्मक आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्