२४ जेठ २०८३, आइतबार

भीम रावलको राजीनामाबारे ओली- सकिनँ भन्नु भो राजीनामा दिनुभयो, ठूलो कुरो होइन

कात्तिक ६, २०७८
भीम रावलको राजीनामाबारे ओली- सकिनँ भन्नु भो राजीनामा दिनुभयो, ठूलो कुरो होइन
फाइल तस्वीर।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेकै कारण कार्यदलबाट राजीनामा दिएको बताएका छन् । 

उनले राजीनामाको कुरो ठूलो पनि नभएको बताए । ‘संयोजन गर्न सकिनँ भनेर राजीनामा दिनुभयो ,’ उनले भने, ‘लिखित पनि होइन, स्वीकार्य, अस्वीकार्य पनि होइन र ठूलो कुरो पनि होइन ।’

यस्तै उनले एमालेमा कोही १० भाइ नभएको पनि बताए । ‘को १० भाइ ? १० जना १२ जना भन्ने छैन, पार्टी एक ढिक्का छ,’ उनले भने । 

१० बुँदे कार्यान्वयनमा ओली प्रतिबद्ध नभएको भन्दै रावलले सहजीकरणका लागि बनेको कार्यदलबाट शुक्रवार राजीनामा दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्