२५ जेठ २०८३, सोमबार

प्रदेश नं १ मा १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि

कात्तिक ६, २०७८
प्रदेश नं १ मा १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रममण पुष्टि भएको छ ।
    
सङ्क्रमितमा पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा पाँच, उदयपुर र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण देखिएको हो ।    स्थानीय तहअनुसार मोरङको विराटनगरमा ४९, कटहरीमा दुई, बूढीगङ्गा र ग्रामथानमा एक/एक सुनसरीको इटहरीमा १४, धरानमा नौ, झापाकोे विर्तामोड र मेचीनगरमा दुई/दुई, दमकमा एक, उदयपुरको बेलका र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
    
प्रदेशमा आजै ६२ महिलासहित १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्