०१ असार २०८३, सोमबार

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

कात्तिक ७, २०७८
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम तय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र  १२ देखि ५९ महिना उमेरसम्मकालाई जुकाको औषधी खुवाइने छ ।

मन्त्रायलयले नजिकको स्वास्थ्य केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लैजान अनुरोध गरेको छ । त्यसरी लैजाँदा कोरोनाको संक्रमणको जोखिम हुन सक्ने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न पनि अनुरोध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्