२३ जेठ २०८३, शनिबार

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कात्तिक ७, २०७८
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देहीको बुटवलमा शनिबार राति एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

लु१झ २८७ नम्बरको एम्बुलेन्स र लु२४प ३९८७ नम्बरको  मोटरसाईकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाएका थिए । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार पश्चिमबाट बुटवल तर्फ आइरहेको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गईरहेको मोटरसाईकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षिय अनमोल थापा र मोटरसाइकलको पछाडि बस्ने सैनामैना ४ बस्ने ३५ वर्षिय निशान क्षेत्रीको मृत्यु भएको छ । 

दुर्घटनापछि गम्भीर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा राति  १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर खाने मोटरसाईकल र एम्बुलेन्स दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ बस्ने ३६ वर्षिय सुरेन्द्र मुराउ पनि घाइते भएको र उनको बुटवलमै उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्