
प्रदेश १ मा नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा बैठक स्थगित गर्न निवेदन दिएका छन् । यससँगै मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने बैठक एक साता सार्ने तयारी भइरहेको छ ।
कांग्रेसले आफ्ना केही सांसदले ‘फ्लोरक्रस’ गर्ने सुइँको पाएपछि आजको बैठक स्थगित गर्न पत्र पठाएको थियो । तर, एमालेले भने बैठक एक साता सार्न अनुरोध गरेको छ ।
महाधिवेनअन्तर्गतका विभिन्न कार्यक्रम भएकाले आगामी बैठक कात्तिक १५ गते सञ्चालन गर्न एमालेले अनुरोध गरेको हो ।
शुक्रवारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । आज छलफल र मतदान गर्ने तयारी थियो ।