२३ असार २०८३, मंगलबार

संसदीय समितिमा उठ्यो लाइसेन्स परीक्षाको विषय, सचिवले दिए कर्मकाण्डी जवाफ

कात्तिक ७, २०७८
संसदीय समितिमा उठ्यो लाइसेन्स परीक्षाको विषय, सचिवले दिए कर्मकाण्डी जवाफ
फाइल तस्वीर।

लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा हुन नसकेको र नयाँ आवेदन समेत नखोलेको विषयमा संसदीय समितिमा कुरा उठेको छ । 

प्रतिनिधि सभाको विकास र प्रविधि समितिमा आइतवार कांग्रेस सांसद रंगमति शाहीले समयमा लाइसेन्सको परीक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी हुन् । उनले लाइसेन्स वितरण प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले तीन सिफ्टमा काम गरेर ट्रायलको काम गर्न निर्देशन दिइएको बताए । ‘लामो समयदेखि पेन्डिङ रहेका कारण लाइसेन्सको ट्रायलमा चाप परेको हो, तीन सिफ्टमा काम गर्न निर्देशन दिएका छौं,’ श्रेष्ठले भने । 

सचिव श्रेष्ठले हालैको बाढी पहिरोका कारण देशभरका सडकमा १ अर्ब ५ करोड जतिको क्षति भएको समितिलाई जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्