१७ असार २०८३, बुधबार

नेप्से परिसूचक २७ अंकले बढ्दा कारोबार रकम भने २ अर्ब ७७ करोडमात्रै !

कात्तिक ७, २०७८
नेप्से परिसूचक २७ अंकले बढ्दा कारोबार रकम भने २ अर्ब ७७ करोडमात्रै !

आइतवार शेयर बजारमा हरियाली छाएको छ । यद्यपी कारोबार रकम भने २ अर्ब ७७ करोडमै सीमित रहेको छ ।

आइतवार २७.५१ अंकले बढ्दै नेप्से परिसूचक २५८४.५२ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीहरूको बजार मापक सूचक सेन्सेटिभ परिसूचक ७.२४ अंकले बढ्दै ४९०.६८ विन्दुमा पुगेको छ ।

यस दिन २ सय २५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँ बराबरमा ्खरिदबिक्री भएको छ । 

यस दिन व्यापार समूहबाहेक अन्य सबै समूहको शेयर सूचक बढेको छ । 

आइतवार बेस्ट फाइनान्स कम्पनी लिमिटेड र रिदी हाइड्रोपावर विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ । 

यस दिन मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट ब्रेक लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्