२६ असार २०८३, शुक्रबार

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाले भन्यो : जलविद्युत उत्पादकहरूको लगानीको सुनिश्चितता गर

कात्तिक ७, २०७८
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाले भन्यो : जलविद्युत उत्पादकहरूको लगानीको सुनिश्चितता गर

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले जलविद्युत उत्पादकहरूको लगानीको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।

आइतवार पत्रकार सम्मेलन गर्दै इपानले सरकारले जलविद्युत उत्पादकहरूको लगानीको सुनिश्चितता गर्नुपर्ने बताएको हो ।

इपानले जलविद्युत आयोजनाहरूको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद बिक्री सम्झौतामाथि सरकारले लगाएको प्रतिबन्ध प्रति पनि आपत्ति जनाएको छ ।

सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी असोज ७ गते मुख्यसचिवस्तरीय निर्णय गरी जलविद्युत आयोजनाहरूको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र साथै विद्युत खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै सो निर्णय सच्याउन इपानले माग गरको छ।

इपानले आइतवार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारको सो निर्णयले जलविद्युत क्षेत्रमा लगानी गरिरहेका संस्था तथा व्यक्तिहरूको मनोभावनामा ह्रास आउने भन्दै निर्णय पुनरावलोकनको माग गरेको हो।

साथै बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्कसम्बन्धी निर्देशिकाप्रति पनि इपानको ध्यानाकर्षण भएको बताएको छ।

इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले सरकारले विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतीय चुल्हो वितरण गर्नुपर्ने, विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्नुपर्ने, उद्योगहरूलाई सस्तोमा विद्युत उपलब्ध गराउनुपर्ने बताए।

 उनले विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गर्ने र खुला विद्युत व्यापार नीति कार्यान्वयन गर्न आग्रह गरे।

इपानले अन्तरदेशीय विद्युत व्यापार नीति निर्माण गर्न तथा गुणस्तरीय विद्युत प्रसारण लाइनहरू विस्तार गरी छिमेकी मुलुकहरूमा विद्युत बिक्री वितरण गर्न र ट्रान्समिसनको विलिङ शुल्कसम्बन्धी नीति नियम निर्माण गर्न सरकारलाई सुझाव दिएको छ।

 

salt training

कमेन्ट गर्नुहोस्