०९ साउन २०८३, शनिबार

प्रचण्ड र माधव नेपालले चुनाव जित्दैनन्ः केपी ओली

कात्तिक ७, २०७८
प्रचण्ड र माधव नेपालले चुनाव जित्दैनन्ः केपी ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गरेका छन् ।

आइतवार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुहरुले जिताइदिएको सांसद संख्या गनेर प्रचण्ड, माधवले संसदमा फार्तिफुर्ति गरेको भन्दै उनीहरुले आगामी निर्वाचनमा नजित्ने दाबी गरेका हुन् ।

माधव नेपाल चुनाव नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने तर्क गरे । उनले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौति दिए । अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्वको संज्ञा दिदैँ गठबन्धनलाई कसैले मत नहाल्ने जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्