३१ जेठ २०८३, आइतबार

नेपाल प्रहरीका दुई पूर्वप्रमुखले गरे आत्मसमर्पण, भ्रष्टाचार मुद्दामा जेल चलान

कात्तिक २०, २०७४
नेपाल प्रहरीका दुई पूर्वप्रमुखले गरे आत्मसमर्पण, भ्रष्टाचार मुद्दामा जेल चलान

काठमाडौं, ७ असार— सुडान घोटलामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्व आइजिपी, एक एआइजी र एक डिआइजीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

पूर्व आइजिपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठले सर्वोच्चमा आत्मसमर्पण गरेका हुन् ।

उनीहरुलाई अदालतबाट सोझै डिल्लीबजार कारागार चलान गरिएको छ ।

प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति नियोगका सामान खरिदमा २८ करोड रूपैयाँ भ्रष्टाचारको अभियोगमा उनीहरूलाई विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर कैद र जरिवानाको सजाय सुनाएको थियो ।

अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएमा कैद र जरिवानामा २० प्रतिशत छुट हुने प्रावधान रहेकाले उनीहरू आफैँ अदालतमा उपस्थित भएका हुन् । 

उनीहरु कैद सजायँ कम गर्ने उदेश्यले अदालतमा सोझै उपस्थित भएका हुन् ।

*सच्याइको
यस समाचारमा यसअघि सर्वोच्च अदालतमा आत्मसमर्पण गर्ने नेपाल प्रहरीका पूर्वप्रमुख भनेर रमेशचन्द्र ठकुरीको तस्वीर समावेश गरिएकोमा क्षमाप्रार्थी छौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ठकुरीलाई पनि कैद तथा जरिवानाको सजायँ सुनाएको भएपनि उनी चाहिँ अहिलेसम्म फरार छन् ।
–सम्पादक

salt training

कमेन्ट गर्नुहोस्