१२ साउन २०८३, मंगलबार
सर्वोच्चमा विद्रोह

प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट १४ न्यायाधीशको बैठक आज पनि बस्दै

कात्तिक ८, २०७८
प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट १४ न्यायाधीशको बैठक आज पनि बस्दै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति असन्तुष्ट १४ न्यायाधीशको बैठक आज पनि बस्दैछ । न्यायाधीशहरूको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

इजलास शुरू हुने समयमा नै न्यायाधीशहरूको बैठक रहेकाले आज इजलास बस्ने/नबस्ने निश्चित भइसकेको छैन ।

यसअघि हिजो बसेको बैठकले प्रधानन्यायाधीश जबराले पद जोगाउनका लागि न्यायालयमाथिको संकटलाई विषयान्तर गर्न खोजेको निष्कर्ष निकालेको थियो ।

वर्तमान संकटको कारण अहिलेको न्यायिक नेतृत्व (प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा) नै भएको र उनैले ठोस निकास दिनुपर्ने बैठकको निष्कर्ष थियो ।

आइतवारको ​बैठकमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोह भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी भएका थिए ।

न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको स्रोतको दाबी छ ।

अनुपस्थित रहेकामध्ये पनि अधिकांशबाट साथ पाउने अवस्था नरहेकाले प्रधानन्यायाधीश राणा एक्लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्