०९ साउन २०८३, शनिबार
सर्वोच्चमा विद्रोह

सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, शुरू हुन सकेन इजलास

कात्तिक ८, २०७८
सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, शुरू हुन सकेन इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमवारका लागि ७ वटा इजलासमा पेशी तोके पनि इजलास बस्न सकेको छैन ।

प्रधानन्यायाधीश बाहेक राजधानीमा उपलब्ध १४ जना न्यायाधीश नै इजलास बहिष्कार हुने गरी बैठकमा बसेपछि इजलास शुरू हुन नसकेको हो ।

केही इजलासमा इजलास अधिकृत उपस्थित भएपनि केहीमा भने कर्मचारीहरू समेत उपस्थित छैनन् ।

आइतवार न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी बैठकले आज ११ बजे पुन: बैठक बस्ने तय गरेको थियो ।

इजलास शुरू हुने समयमै बैठक राखेर न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्