३० जेठ २०८३, शनिबार

रूपन्देहीमा महिलाको रहस्यमय मृत्यु भएको भन्दै माइती पक्षले लगाए हत्याको आरोप

कात्तिक ८, २०७८
रूपन्देहीमा महिलाको रहस्यमय मृत्यु भएको भन्दै माइती पक्षले लगाए हत्याको आरोप

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२, ढवाहकी अनिता रेग्मी रहस्यमय मृत्यु भएको छ । 

ढवाहँकै सुमन खनालसँग २०७५ सालमा वैवाहिक जीवनमा बाँधिएकी २७ वर्षीय रेग्मी असोज अन्तिम साता घरमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी अमेरिका जाने तयारीमा थिइन् । सुमनले अमेरिकाबाट नेपाल छुट्टीमा आएको बेला अनितासँग २०७५ साल माघ ४ गते विवाह गरेका थिए । 

अनिताको आत्महत्या नभई हत्या भएको भन्दै प्रदर्शन गरेका छन् । ‘न्याय दे, महिला हिंसा अन्त्य गर, बुहारी मार्न पाइँदैन, दाइजो लिनु अपराध हो’ लगायतका प्ले कार्डसहित राजमार्गमा प्रदर्शन गरिएको छ । 

मृतकका बाबु रामचन्द्र रेग्मीले घटना लगत्तै पीडकलाई नियन्त्रणमा नलिनु र अनुसन्धानका क्रममा असम्बन्धित व्यक्ति प्रवेश गर्नुले प्रहरीको भूमिकामाथि शंका गर्नुपर्ने अवस्था आएको बताए ।

सुमनले विवाह गर्दा कुनै पनि दाइजो नचाहिने बताए पनि विवाहपछि भने बारम्बार दाइजोको विषयलाई लिएर मानसिक तनाव दिँदै आएको माइती पक्षको आरोप छ । माइती पक्षले छोरीले आत्महत्या गरेको नभई हत्या गरिएको बताउँदै आएको छ । 

प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सासू र कान्छा देवरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको पनि रहस्यम मृत्युपछि ४६ दिनको दिन गएको हप्ता दाहसंस्कार गरिएको थियो । 

सीताको न्यायको लागि भन्दै आन्दोलित माइती पक्षले अन्तिममा ११ लाख रूपैयाँ लिएपछि दाहसंस्कार गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्