२१ असार २०८३, आइतबार
सर्वोच्चमा विद्रोह

सर्वोच्चमा विकसित घटनाक्रमबारे धारणा बनाउन बारले आकस्मिक बैठक बोलायो

कात्तिक ८, २०७८
सर्वोच्चमा विकसित घटनाक्रमबारे धारणा बनाउन बारले आकस्मिक बैठक बोलायो

सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमका सम्बन्धमा छलफल गर्न नेपाल बार एसोसिएसनको बैठक बस्ने भएको छ ।

बारले सोमवार मध्याह्न बस्ने गरी पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

सर्वोच्च अदालतका १४ न्यायाधीश छुट्टै बैठकमा बसेपछि सोमवार इजलास शुरू हुन सकेको छैन ।

घोषित रूपमा इजलास बहिष्कार नगरे पनि न्यायाधीशहरू इजलास शुरू हुने समय पारेर बैठकमा बसेका हुन् ।

न्यायाधीशहरूको 'विद्रोह'पछि त्यस सम्बन्धमा धारणा बनाउन बारको बैठक बस्न लागेको हो ।

प्रधानन्यायाधीशबाहेक राजधानीमा उपलब्ध न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी आइतवारको बैठकमा उपस्थित थिए ।

सोही बैठकले आज ११ बजेका लागि अर्को बैठक तय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्