१३ असार २०८३, शनिबार

चुनावको मिति नजिकिँदै जाँदा ४ वटा गाउँपालिका सम्पर्कविहीन

कात्तिक २०, २०७४
चुनावको मिति नजिकिँदै जाँदा ४ वटा गाउँपालिका सम्पर्कविहीन

बाजुरा, ७ असार– स्थानीय तहको निर्वाचनमा जिल्लाका चार गाउँपालिका सञ्चारको पहुँचबाट टाढा रहेका छन् ।

हिमाली गाउँपालिका, पाण्डवगुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र गौमुल गाउँपालिका सञ्चारको पहँुचबाट टाढा रहेका छन् । सदरमुकाम मार्तडीबाट सबैभन्दा नजिक रहेको गौमुल गाउँपालिकामा समेत सम्पर्क हुन नसकेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए ।

चारवटै गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा नभएका कारण निर्वाचनको गतिविधिबारे जानकारी पाउन नसकेको उनको भनाइ छ । “फोन सम्पर्क हुन सकिरहेको छैन, निर्वाचन गतिविधिबारे बेखबर छौँ,” सेनले भने ।

गौमुल गाउँपालिका चार घन्टाको पैदल दूरीमा रहेको छ । तर मनोनयन दर्ता भएको चार दिन बित्दासमेत कुनै जानकारी पाउन नसकेको उनले बताए ।

स्वामीकार्तिक, हिमाली र पाण्डवगुफा गाउँपालिका मार्तडीबाट दुई दिनको पैदल दूरीमा रहेका छन् । त्यहाँ नेपाल प्रहरीको मोबाइल सेटले समेत काम गरेको छैन ।

संवेदनशील ठाउँ भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी उल्लेख्य सङ्ख्यामा खटाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्