२५ जेठ २०८३, सोमबार

असार मसान्तभित्रै आवास अनुदान वितरण सम्पन्न गर्न स्थानीय निकायलाई अपील

कात्तिक २०, २०७४
असार मसान्तभित्रै आवास अनुदान वितरण सम्पन्न गर्न स्थानीय निकायलाई अपील

काठमाडौं, असार ७ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सवै जिल्लामा स्थानिय जनप्रतिनिधीलाई परिचालित गरि पुनर्निर्माण र पुर्नलाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन स्थानिय बिकास मन्त्रालयलाई परिपत्र गरेको छ ।

प्राधिकरणको प्रमुख कार्यकारी स्तरमा भएको निर्णय अनुसार प्राधिकरणले निर्वाचन सम्पन्न भइसकेका भूकम्प प्रभातिव सवै जिल्लाका गाँउपालिका तथा नगरपालिका तथा निर्वाचन सम्पन्न हुन बाँकी जिल्ला समन्वय समितिलाई यस्तो परिपत्र गरेको हो ।

प्राधिकरणका सह–प्रवक्ता डा. भीष्मकुमार भूसालका अनुसार २०७३ पौष मसान्तसम्म आवास अनुदान वापतको पहिलो किस्ता लिइसकेका भूकम्प प्रभावित लाभग्राहीहरुले घरको जग राख्न बाँकी भएको भए यही असार मसान्तभित्र जग राखी÷प्लिन्थ लेभलसम्मको कार्य सम्पन्न गरी दोस्रो किस्ता दावी गरिसक्ने वातावरण सिर्जना गराउन आग्रह गरिएको छ ।

परिपत्रमा भनिएको छ, “सवै वडा पदाधिकारीलाई परिचालित गरि पुनर्निर्माण र पुर्नलाभमा सहकार्य, सहयोग र सहजीकरण गरिदिनुका साथै भूकम्प प्रभावित १७ जिल्लामा लाभग्राहीहरुसँग अनुदान सम्झौता अविलम्ब सम्पन्न गरी असार मसान्तसम्म पहिलो किस्ताको रकम बितरण गर्न अनुरोध गरिन्छ । ”

यसैगरी प्राधिकरणबाट गुनासो सुनुवाई मार्फत लाभग्राही सूचीमा परेका भूकम्प प्रभावितहरुसँग अनुदान सम्झौता गरी गाँउपालिका तथा नगरपालिकाले अविलम्ब जिल्ला समन्वय समितिमा पठाउने र सो समितिले यस अगावै पठाइएको अख्तियारी रकमबाटै पहिलो किस्ताको रकम र उक्त रकम पाइसकेका लाभग्राहीहरुलाई लागि दोस्रो तथा तेस्रो किस्ताको लागि जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइबाट सिफारिस भै आएको अवस्थामा सो वापतको रकम समेत भुक्तानी गर्ने व्यवस्था मिलाउन समेत परिपत्र गरिएको सह –प्रवक्ता भूसालले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्