०३ असार २०८३, बुधबार

बिजीमलमा सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो शुरु, २५ प्रतिशतसम्म छुट

कात्तिक २०, २०७४
बिजीमलमा सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो शुरु, २५ प्रतिशतसम्म छुट

काठमाडौं, ७ असार –राजधानीको गोगंबुस्थित बिजीमलमा मोबाइल एक्स्पो शुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको उक्त मोबाइल मेला १० दिनसम्म चल्ने छ ।

एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् ।

बिजीमलका अध्यक्ष बासु गिरीले देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

आइतवारदेखि सुरु भएको मोबाइल एक्स्पो असार १७ गतेसम्म चल्नेछ । उक्त अवधिभर प्रत्येक दिन मलमा आउने ग्राहकले लक्की ड्रमार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

एक्सपोमासांगितिक प्रस्तुतीका साथै विभिन्नआकर्षक कार्यक्रमहरुको समेत आयोजना आयोजकले जानकारी दिएको छ । १० हजार रुपैंयाभन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिभर मोबाइल खरिद गर्नेमध्ये दुई जनालाई नगद फिर्ता गरिने मलले जनाएको छ ।

मेलामा एक हजार रुपैंयादेखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेट उपलब्ध हुने मलले जनाएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन दुई जनालाई बिएसआर मुभिजको टिकट तथा बेसिल क्याफेका तर्फबाट लञ्च कुपन निः शुल्क उपलब्ध गराइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्