२७ असार २०८३, शनिबार

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कात्तिक २०, २०७४
कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगन्ज, ७ असार - स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस, बाँकेले ‘समृद्ध नेपालगन्ज’ अठोटसहितको प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ ।nepali-congress

पार्टी प्रचार समितिद्वारा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका लागि प्रमुख र उपप्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनौडिया र उमा थापा मगरद्वारा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा नेपालगन्ज सहरको भौतिक विकास, आर्थिक समृद्धि, जीवनस्तर प्रवद्र्धन, सांस्कृतिक बहुआयामिक तथा सामाजिक न्याय र सुशासनयुक्त प्रशासन रहने उल्लेख छ ।

डुबानमुक्त नेपालगन्ज, हरित सहर, सुख्खा बन्दरगाहको सञ्चालन, निजी साझेदारीलाई प्रोत्साहन, नेपालगन्जमा सभागृह निर्माण, सहकारी बैंक, कोल्ड स्टोरको स्थापना, खेल मैदान निर्माण, क्रियापुत्री घरलगायतका जनमुखी अठोट प्रतिबद्धतापत्रमा समेटिएको छ ।

सो अवसरमा सांसद डा आरजु राणा देउवाले नेपाली कांग्रेस हारे मुलुकको समृद्धि अवरुद्ध हुने भएकाले सबै मिलेर जिताउन आग्रह गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्