०३ असार २०८३, बुधबार

मकवानपुर केन्द्रबिन्दु बनाई भूकम्पको धक्का, एकको मृत्यु

कात्तिक २०, २०७४
मकवानपुर केन्द्रबिन्दु बनाई भूकम्पको धक्का, एकको मृत्यु

धादिङ, ७ असार - दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको आज भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ ।earthquake-logo

इँटा भट्टामा पोलेको इँटा मिलाउँदै गर्दा भूकम्पको धक्काले इँटाले लागेर भारत दरबङ्गा निवासी मजदुर ३५ वर्षीय रिजन सदाइको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा १० वर्षीय दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडाँैको ट्रमा सेन्टरमा लगिएको छ भने मृतकलाई शव परीक्षणका लागि पठाइएको छ । आज बिहान १० बजेर २५ मिनेटमा मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु बनाई ३.२ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्