३१ जेठ २०८३, आइतबार

खुल्यो बेँसीशहर–चामे सडक

कात्तिक ११, २०७८
खुल्यो बेँसीशहर–चामे सडक

अविरल वषासँगै गएको बाढीपहिराले केही समयदेखि अवरुद्ध बेँसीशहर चामे सडक पुनः सञ्चालनमा आएको छ । पहाडी र हिमाली जिल्ला जोड्ने यस सडकको विभिन्न स्थानमा बाढीपहिराले अवरुद्ध बनाएको सडक खुलाएसँगै आज साढे पाँच बजेदेखि सडकमा सवारी साधन पुनः सञ्चालनमा आएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर हरि श्रेष्ठले बताए ।

अविरल वर्षासँगै विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध बनाउँदा यही कात्तिक २ गते बिहानबाट लमजुङ मनाङ जोड्ने एक मात्र सो सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । सो समयमा यस सडकखण्डको खरखरे भीर, नियालोघारी, दाना क्यू, कोत्रो, तिमाङ खोला, तिमाङ झरनालगायत स्थानमा बाढीपहिराले सडक अवरुद्ध भएको थियो ।

तिमाङ झरना र खोलामा राखिएको काठे पुल बगाएको थियो भने अन्य स्थानमा बाढीपहिराले सडक बगाउनुका साथै ढुङ्गा माटोले अवरुद्ध बनाएको थियो । सबै स्थानको अवरोध हटाएर अन्तिममा तिमाङ झरनामा तीन दिन लगाएर काठे पुल राख्ने कार्य सम्पन्न भएसँगै सवारी सञ्चालनमा आएको इञ्जिीनियर श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्