०६ असार २०८३, शनिबार

यस्तो छ दोस्रो चरणको चुनाव जित्ने माओवादी आँकलन

कात्तिक २०, २०७४
यस्तो छ दोस्रो चरणको चुनाव जित्ने माओवादी आँकलन


काठमाडौँ, ८ असार - माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा झन्डै १ सय २० स्थानमा जित्ने दाबी गरेको छ, आजको नयाँ पत्रिकाले खबर छापेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमध्ये एकतिहाइमा जित्ने आँकलन माओवादीको छ ।
Maoist Flag
तीनवटै प्रदेशका इन्चार्जले गरेको दाबीअनुसार प्रदेश नं. १ का १३७ मध्ये ५० देखि ५५ तहमा, ५ का १०९ मध्ये ४६ तहमा र ७ का ८८ मध्ये २५ देखि ३० तहमा पार्टीले जित्नेछ । पहिलो चरणको निर्वाचनको समीक्षासहित विशेष अभियानमा चलाइएकाले पार्टीका पक्षमा राम्रो परिणाम आउने उसको विश्वास छ । माओवादी प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले बताए ।

‘पहिलो चरणमा चुनावको अनुभव त्यति थिएन, अहिले केन्द्रीय कार्यालयबाटै गम्भीर समीक्षा गर्दै चुनावमा होमिएका छौँ,’ किरातीले भने, ‘खर्च बढे पनि चुनावी अभियानमा लाग्ने लामो समय मिल्यो, जनताको बीचमा राम्रैसँग पुग्न पाइएको छ । सुखद नतिजा नै आउँछ ।’

salt training

कमेन्ट गर्नुहोस्