×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्लान् ?

कात्तिक १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा १०औं महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनअघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । 

Muktinath Bank

कतिपय ठाउँमा सर्वसम्मत त कतिपय ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । केही ठाउँमा बाँकी रहेका अधिवेशन कात्तिक मसान्तभित्र सक्नुपर्ने निर्देशन पनि एमालेले दिइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको एमाले अब क्रमशः जिल्ला, प्रदेशको अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारीमा छ । एमालेको महाधिवेशन मंसिर १०–१३ गतेसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

बिहीवार बसेको स्थायी कमिटीको बैठकले वडा, पालिकास्तरको अधिवेशनको समीक्षाका साथै महाधिवेशन प्रतिनिधि चयनको मापदण्डबारे छलफल गरेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । शुक्रवार केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

Vianet communication
Laxmi Bank

स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्न केन्द्रीय कमिटीको बैठक बस्नेछ । अन्तिम र एकअर्को केन्द्रीय कमिटीको बैठक महाधिवेशनको पूर्वसन्ध्यामा बस्नेछ ।

१०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो ।

तर प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी बहन गर्न पाउने गरी भएको व्याख्या विशेषतः ओलीकै लागि हो ।

यद्यपि अध्यक्ष ओलीले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा अझै गरेका छैनन् तर उनीनिकटका नेताहरू आगामी महाधिवेशनमा ओलीको विकल्प ओली नै भएको बताउँछन् ।

एमाले स्थायी कमिटीका सदस्य एवं ओली निकटका नेता शंकर पोखरेल आगामी महाधिवेशनबाट अध्यक्षमा ओली र आगामी निर्वाचनबाट प्रधानमन्त्रीमा ओली नै हुने बताउँछन् । सार्वजनिक कार्यक्रममा समेत उनीनिकट नेताहरूले ओलीको विकल्प एमालेमा नभएको ठोकुवा गर्दै आएका छन् ।

आठौं र नवौं महाधिवेशनबाट २ पटक महासचिवमा निर्वाचित ईश्वर पोखरेलले समेत आगामी महाधिवेशनबाट ओली नै अध्यक्ष हुने संकेत गरेका छन् । आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका महासचिव पोखरेलले यदि ओली पुनः अध्यक्षको उम्मेदवार भए आफू उम्मेदवार नहुने बताउँदै आएका छन् ।

हालै सम्पन्न वडा र पालिकास्तरको अधिवेशनबाट निर्वाचित अधिकांश ओली निकटका नेताहरू मात्रै रहेका छन् । एकाधबाहेक सबै ठाउँमा ओलीनिकट भनेर चिनिएका नेताहरू मात्रै निर्वाचित भएका छन् ।

‘वडा र पालिकास्तरको अधिवेशनमा ओली निकटका नेता भनेर चिनिएका मात्रै निर्वाचित भएका छन् । अब जिल्ला, प्रदेश तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पनि सोहीअनुसारका नेता चुनिनेछन् । ओलीलाई टक्कर दिने नेताहरू एमालेमा छँदै छैनन्, भएकाहरूको हैसियत नै पुग्दैन,’ ओलीनिकटका एक नेताले भने ।

एमालेको तल्लो कमिटीका अधिवेशनको परिणामअनुसार आगामी महाधिवेशनबाट ओली सर्वसम्मत अध्यक्ष हुन सक्छन् । उनलाई पराजित गर्न सक्नेगरी अन्य नेतासँग हैसियत पुग्दैन् तर उपमहासचिव घनश्याम भुसाल सर्वसम्मत कोही पनि अध्यक्ष हुन नसक्ने बताउँछन् ।

एमालेभित्र रहेका १० भाइ अर्थात् तेस्रो समूहबाट आगामी महाधिवेशनमा अध्यक्षमा भुसालले उम्मेदवारी दिँदैछन् । विभिन्न चाडपर्वको अवसरमा पत्रकारसँग केही दिनअघि कुरा गर्दै भुसालले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

‘पार्टीको विधानअनुसार पदाधिकारी भएकाले अध्यक्षमा उम्मेदवारी दिन पाउँछन् । अहिलेको पदाधिकारी मध्येबाट अध्यक्षमा अर्को उम्मेदवारी हुन्छ । अध्यक्षका लागि हरेक दृष्टिकोणले म पनि योग्य रहेको छु,’ उपमहासचिव भुसालले भने ।

तेस्रो धारमा रहेका ३ नेता उपाध्यक्ष छन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल अहिले एमालेको उपाध्यक्ष हुन् । ओलीबाहेक अर्को समूहबाट यी ३ मध्ये १ जनाले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने हो तर तीनै जनामध्ये कसैले पनि उम्मेदवारी नदिने एमाले स्रोतले जनाएको छ । अहिलेको उपमहासचिव भुसालले नै अध्यक्षमा उम्मेदवारी दिने र केही दिनमै औपचारिक घोषणा पनि हुन लागेको छ ।

‘तल्लो तहको अधिवेशनको परिणाम हेर्दा आगामी अधिवेशनबाट ओली निकटका नै प्रतिनिधि बढी आउने निश्चितजस्तो देखिन्छ तर सर्वसम्मत अध्यक्ष हुन सक्दैनन्, हाम्रो समूहबाट घनश्याम कमरेडले अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ,’ तेस्रो धारमा रहेका एक नेताले भने ।

एमाले १०औं महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीवार बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार हरेक निर्वाचन क्षेत्रबाट १ हजार ५०० जना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुनेछन् । भूगोल कमिटीबाट कूल १ हजार १९६ जना प्रतिनिधि छानिने छन् ।

बाँकी गैरभूगोलबाट ३४० जना गरी कूल १ हजार ५३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुलाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए । राजधानीमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x