२७ जेठ २०८३, बुधबार

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

कात्तिक १२, २०७८
पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

शुक्रबार पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा भने सामान्यतयाः मौसम सफा रहनेछ ।
यस्तै उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति देशको पहाडी भूभागमा आंशिक बदली  रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्