०२ असार २०८३, मंगलबार

सिन्धुलीका १७ वर्षीय खपाङ्गी विश्वकै होचो व्यक्ति भएको दाबी

कात्तिक १२, २०७८
सिन्धुलीका १७ वर्षीय खपाङ्गी विश्वकै होचो व्यक्ति भएको दाबी

 सिन्धुली  जिल्लाको  गोलन्जोर गाउँपालिका–४ निवासी १७ वर्षीय डोरबहादुर खपाङ्गी विश्वकै सबैभन्दा होचो व्यक्ति भएको दाबी गरिएको छ ।जिल्ला  प्रशासन  कार्यालय  सिन्धुुलीका  अनुसार  डोरबहादुरलाई नागरिकता प्रमाणपत्र दिने क्रममा उचाइ ७१  सेन्टिमिटर  र  तौल  १३  केजी  पाइएपछि  विश्वकै  सबैभन्दा  होचो  व्यक्ति  भएको  दाबी  गरिएको  हो  ।

 डोरबहादुरलाई कार्यालयले बुधबार वंशजको नागरिकता प्रदान गरेको छ । उनको नागरिकता प्रमाणपत्रमा जन्म मिति वि.सं. २०६१ कात्तिक २९ गते उल्लेख छ ।दाजुको सनाखत, वडाध्यक्षको सिफारिस र उमेर खुलाइएको मेडिकल रिपोर्टका आधारमा डोरबहादुरलाई नागरिकता प्रमाणपत्र जारी गरिएको कार्यालयले जनाएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्