
यात्रासँग सम्बन्धित चर्चित पुस्तक प्रकाशक लन्ली प्लानेटले सन् २०२२ मा घुम्नुपर्ने १० देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। लन्ली प्लानेटले बिहीबार सूची सार्वजनिक गर्दै घुम्नुपर्ने १० देशको सूचीमा नेपाललाई आठौँ स्थानमा राखेको छ।
सूचीको पहिलो स्थानमा कुक आइल्यान्ड्स रहेको छ। त्यसपछि नर्वे, मौरिसस, बेलिज, स्लोभेनिया, अङ्गुइला र ओमन छन्। नेपालपछि मलावी र इजिप्ट छन्। कोभिड–१९ सङ्क्रमणका कारण निकै क्षति बेहोरेको नेपालको पर्यटन क्षेत्रका लागि लन्ली प्लानेटको सूचीले विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ। गोरखापत्रमा खबर छ ।