२३ जेठ २०८३, शनिबार

सिसडोलमा फोहर व्यवस्थापन कार्य कठिन बन्दै

कात्तिक १२, २०७८
सिसडोलमा फोहर व्यवस्थापन कार्य कठिन बन्दै

 लामो समयदेखि फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलमा आगामी दिन थप कठिन हुने भएको छ ।  उक्त स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको टोली आज सिसडोलको स्थलगत अनुगमनमा पुग्दा आगामी दिनमा समस्या थपिने देखिएको निषकर्ष निकालिएकाे छ  । उक्त स्थानमा यस अघि पनि पटक–पटक फोहरको ढिस्कोलाई माटोले पुरेर व्यवस्थापन गरिएको थियो । आउने दिनमा त्यो अवस्था नरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधिन दीर्घकालिन ल्याण्डफिल साइटको काम अझै पुरा नहँुदा थप समस्या भएको कामपाको भनाइ छ । साघुरो ठाँउ लामो समयसम्म फोहर व्यवस्थान गर्दा हरेक वर्ष वर्खाको समयमा समस्या आउने गरेको छ भने स्थानीयबासीले पनि समय समयमा अवरोध गर्दै सिसडोलको विकल्प खोज्न दबाब दिइरहेका छन् ।  

निर्माणाधिन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखबाट शुरु गरेपनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालिनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्