०९ असार २०८३, मंगलबार

एमाले दशौँ महाधिवेशनमा केन्द्रित

कात्तिक १२, २०७८
एमाले दशौँ महाधिवेशनमा केन्द्रित

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ ।

पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । मूल व्यवस्थापन समिति मातहत प्रतिनिधि व्यवस्थापन, खाद्यान्न, यातायात, मञ्च व्यवस्थापन, प्रचार प्रसारलगायत अन्य उपसमिति पनि गठन गरिएको छ ।

 बैठकको समापनमा अध्यक्ष केपी शर्मा ओलीले गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीति र विधिमा मतैक्यता देखिएको र पालिकास्तरका अधिवेशनमा भएको समझदारीले पार्टीलाई नयाँ गतिमा लगेको सन्देश मिलेकाले दशौँ महाधिवेशनमा पनि सोही प्रकारको सन्देश दिन आग्रह गरेका थिए । एमालेको अर्काे केन्द्रीय कमिटीको बैठक महाधिवेशनको अघिल्लो दिन मङ्सिर ९ गते चितवनको सौराहमा बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्