२० असार २०८३, शनिबार

बन्दीपुरका किसानलाई आलु बीउ वितरण

कात्तिक १३, २०७८
बन्दीपुरका किसानलाई आलु बीउ वितरण
प्रतिकात्मक तस्वीर

तनहुँको बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ ।

विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी ९ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो । 

गाउँपालिकाले एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आवद्ध कृषकलाई ५ हजार ३०० र समूह र सहकारीमा आबद्ध भएका किसानलाई ४ हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो ।

प्रतिकिलो ५४ रुपैयाँ पर्ने आलुको बीउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा आलुको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

गाउँपालिकाभित्रका किसानका लागि आवश्यक पर्ने आलुको बीउको लागि सूचना प्रकाशित गरी किसानको मागअनुरूप बीउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । 

गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुको साथै उनीहरूको आयआर्जनमा सबल बनाउन गाउँपालिकाले सक्रिय भूमिका खेल्दै आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

किसानलाई अनुदान, उन्नत बीउ, कृषि यन्त्रको क्षेत्रमा समेत सहयोग गर्दै आएका उनले बताए । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उनले बताए ।

गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादन लगायतका क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कार्यको समेत गाउँपालिका कार्यालयले शुरूआत गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्