२८ जेठ २०८३, बिहीबार

बूढीगंगामा ज्वरोका बिरामी बढे

कात्तिक १३, २०७८
बूढीगंगामा ज्वरोका बिरामी बढे
प्रतिकात्मक तस्वीर

बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । 

बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिए । 

उनका अनुसार स्वास्थ्य संस्थामा दैनिकरूपमा १०–१५ जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको र कतिपय बिरामीलाई घरमै गएर उपचार गर्ने गरेको बताए ।

मौसम परिवर्तनसँगै र चिसो बढ्न थालेपछि भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा बढ्न थालेको अहेव थापाले बताए । अहिले स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, झाडा पखाला लाग्ने वान्ता हुने लगायतका बिरामी आउने गरेको थापाको भनाइ रहेको छ ।

भाइरल ज्वरोका बिरामी गाउँमा बढ्न थालेपछि महिला स्वयंसेविका र महिला समूहले सचेतना जगाउँदै आएको अहेव थापा बताउँछन् ।

बूढीगंगा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढेका भए पनि औषधिको अभाव भने नभएको स्वास्थ्य शाखाले जनाएको छ । दैनिकरूपमा भाइरल ज्वरो लगायतका बिरामीको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको भए पनि उनीहरूको उपचार र सेवन गर्ने औषधि पर्याप्त मात्रामा रहेको बूढीगंगा स्वास्थ्य शाखाका सहसंयोजक हस्तबहादुर खडायतले बताए ।

बिरामी बढी आउने गरेको खबरपछि स्वास्थ्य शाखाले आवश्यक औषधि पठाएको सहसंयोजक खडायतले बताए । चिसो मौसम बढेपछि रुघाखोकी, ज्वरो, निमोनिया, दमका बिरामी आउने गरेको त्रिवेणी नगरपालिका–९ मा रहेको पैमा आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्य सहायक सीता खत्रीले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्