२८ जेठ २०८३, बिहीबार

कैलालीमा हत्याको आरोपमा एकजना पक्राउ

कात्तिक १३, २०७८
कैलालीमा हत्याको आरोपमा एकजना पक्राउ

कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउँद रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । 

सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएका थिए । घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्