०३ असार २०८३, बुधबार

जब हनुमानलाई देखेर डराए ‘भगवान राम’ !

कात्तिक १४, २०७८
जब हनुमानलाई देखेर डराए ‘भगवान राम’ !

भगवान रामका सबैभन्दा प्रिय पात्र वानराज हनुमान हुन् । 

बजरंगी भगवान रामका सबैभन्दा प्रिय पात्र मात्र थिएनन् सिता हरणका समयमा लंका पुग्नेदेखि सेतु निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आफ्ना यस्ता परम भक्तसँग पनि भगवान श्रीराम एकपटक डराउनु परेको थियो । 

यस्तो छ कथा

लंका जानका लागि श्रीरामलाई समुन्द्र पार गर्नु पर्ने भयो । आफूमात्र जाने भए त भगवानलाई कुनै समस्या थिएन तर आफ्ना वाँनर सेनालाई पनि लिएर जानु थियो जसका कारण समुन्द्रमा पुल बनाउँनु पर्ने थियो ।

त्यसपछि पुल बनाउने जिम्मा भगवान रामले नल र नीललाई दिए । नल निलले पनि भगवानले पुल बनाउने काम दिएको भन्दै यसलाई सौभाग्यको रुपमा लिए । 

बानरले बजरंगी वीर हनुमानलाई ढुंगा ल्याएर दिन्थे । जसमा हनुमानले रामको नाम लेखेर नल तथा नीललाई दिन्थे । 

नल निलले उक्त ढुंगा समुन्द्रमा फाल्दा ढुंगा डुब्दैन थिए माथि तैरन्थे र पुलको काम गर्थे । 

यो काम द्रुत गतिमा चलिरहेको समयमा कसैले भगवान श्रीरामलाई यस विषयमा जानकारी गरायो । 

नल र नीलले पानीमा फालेको ढुंगा पानीमा नडुबेको कुरा भगवान श्रीरामलाई पनि अचम्म लाग्यो तर उनले यो कुरा कसैलाई पनि सुनाएनन् र भाव पनि देखाएनन् । 

रातको समयमा सुतिरहेको समयमा रामले पुल बनाउनलागेको कुरा सम्झिए । त्यसपछि उनलाई ति ढुंगा कसरी पानीमा डुबेनन् भन्ने कुराले सतायो । 

भगवान राम सुत्न सकेनन् र समुन्द्रमा गए । एउटा ढुंगा फाले जुन डुव्यो । 

भगवान श्रीरामले समुन्द्रमा खसालेको ढुंगा डुब्ने तर नल र नीलले फालेको ढुंगा नडुब्ने, भगवान सोच्न लागे । 

त्यसपछि समुद्रमा फालिएका अन्य ढुंगामा आफ्नो नाम ‘राम’लेखिएको पाइएपछि भगवानले त्यो ढुंगामा राम लेखे र समुद्रमा फाले । त्यो ढुंगा डुबेन । 

भगवान श्रीरामको यो सबै कार्य हनुमानले गोप्य रुपमा हेरिरहेका थिए । त्यसलगत्तै हनुमान आफ्ना प्यारा रामको अगाडि आए । हनुमानलाई आफ्ना अगाडि देख्नासाथ भगवान राम डराएका थिए । 

हनुमानले आफूले भगवानको सबै कार्य देखेको भन्दै राममा भन्दा रामको नाममा शक्ति रहेको र रामको नामले जस्तो सुकै भवसागर तर्न सकिने बताए । भगवान श्रीरामले कलियुगमा त राम नामको झनै ठूलो महत्व रहने हनुमानलाई बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्