२९ जेठ २०८३, शुक्रबार

गठबन्धनभित्र विवाद छैन : प्रचण्ड

कात्तिक १४, २०७८
गठबन्धनभित्र विवाद छैन : प्रचण्ड

नेपाल कम्युनिस्ट  पार्टी  (माओवादी  केन्द्र)का अध्यक्ष पुष्पकमल   दाहाल 'प्रचण्ड’ले प्रधानमन्त्री  शेरबहादुर  देउवा  नेतृत्वको सरकार  पूरा  कार्यकालसम्म  सञ्चालन हुने    बताएका    छन् ।

शनिवार जनकपुर  विमानस्थलमा  सञ्चारकर्मीसँग कुराकानीमा उनले गठबन्धनभित्र राजनीतिक वा अन्य कुनै विवाद नरहेको प्रस्ट पारे ।

उनले आसन्न    राष्ट्रिय    सभा निर्वाचनमा पाँच दलीय गठबन्धन सहकार्य गरेर  जाने  सैद्धान्तिक  सहमति  भइसकेको जानकारी दिँदै निर्वाचन प्रयोजनका लागि व्यक्तिको विषयमा मात्र सहमति हुन बाँकी नरहेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्