गुल्मी, ८ असार - स्थानीय तहको दोस्रो चरणको निर्वाचनले गुल्मी जिल्ला पनि रनक्क रन्किएको छ । हरेक दलका उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । प्रदेश नम्बर पाँचमा पर्ने गुल्मीमा कांग्रेस र एमालेकै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । केही ठाउँमा कांग्रेस र माओवादी चुनावी तालमेलमा छन् । एमालेले चाहिँ अरु साना दलसँग समिकरण मिलाएको छ ।
सडक छेउँका घरहरु पार्टीका चुनावी झण्डाले रंगिन भएका छन् । मोटरसाइकल र स्कार्पियो लगायतका साना गाडीहरुबाट चुनावी प्रचार चलिरहेको छ ।
रिडीको प्रवेश द्वारबाट गुल्मी छिर्ने बित्तिकै चुनावी रौनक देख्न सकिन्छ । रिडी, थोर्गा, बलेटक्सार लगायतका 'एरिया'का प्रत्येक घरमा कुनै न कुनै पार्टीको चुनावी झण्डा देखिन्छ ।
कांग्रेस, एमाले र माओवादीका चुनावी झण्डाहरुनै धेरै देख्न सकिन्छ । तुलनात्मक रुपमा रिडीदेखि बलेटक्सार सम्मको एरियामा रहेका सडक छेउँका घरमा एमालेका झण्डाहरु धेरै देखिन्छन् । रिडी र बलेटक्सार गुल्मीका बजार क्षेत्र हुन् । तस्वीरमा हेरौं गुल्मीको चुनावी चहलपहल -