बेलायतका प्रधानमन्त्री बोरिस जोनसन फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई देखेर उत्साहित भएको अनि जोनसनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले तानेको जस्तो देखिएको रमाइलो तस्वीर सार्वजनिक भएको छ ।
इटलीको राजधानी रोममा आयोजित जी२० शिखर सम्मेलनमा घटना भएको हो ।
इंग्ल्यान्ड र फ्रान्सलाई छुट्ट्याउने इंग्लिश च्यानलमा माछा मार्ने विषयमा दुई देशबीच विवाद हुँदा जोनसन र म्याक्रों आमनेसामने भएका हुन् । विश्वका नेताहरूको सामूहिक तस्वीर खिच्न लागिएको बेलामा घटना भएको हो ।
जोनसन तस्वीर खिचाउनका लागि मञ्चतर्फ जाँदै गर्दा ट्रुडोले उनको हात समातेको जस्तो देखिएको हो ।
फोटो झट्ट हेर्दा जोनसन र म्याक्रोंले माछा मार्ने विषयमा हात हालाहाल गर्छन् कि जस्तो देखिएको थियो । तर दुवैजना मुस्काइरहेको देखिन्छ ।
म्याक्रोंले दाँत देखाएर मुस्काएको देखिन्छ ।