
पछिल्लो २४ घन्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ नमूना परीक्षणमध्ये ३७६ पीसीआर र ३२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४०७ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ५१८ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ ।
हाल मुलुकभर ९ हजार ३७६ सक्रिय संक्रमित छन् ।