२७ असार २०८३, शनिबार

महराले भने- एमसीसी पास गर्न नपाएको झोंकमा ओलीले नेकपा फुटाए

कात्तिक १४, २०७८
महराले भने- एमसीसी पास गर्न नपाएको झोंकमा ओलीले नेकपा फुटाए

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले एमसीसी पास गर्न नपाएको झोंकमा केपी ओलीले नेकपा विभाजन गराएको आरोप लगाएका छन् । 

आइतवार कोहलपुरमा वाईसीएल नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महराले एमसीसी पास गराउन पार्टी फुटाएको आरोप लगाएका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसीसी पास हुन नसकेको भन्दै महराले माओवादीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबी गरे । 

‘एमसीसी पास गर्न नदिएका कारण आगामी निर्वाचनमा माओवादीलाई हराउन देशीविदेशी प्रतिक्रियावादीको चलखेल हुन सक्छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्