०२ असार २०८३, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा

कात्तिक १४, २०७८
राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिवार उद्घाटन गरेका हुन्। 

उक्त अवसरमा प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

उनले अबको युग डिजिटल प्रविधिको प्रयोग तर्फ गइरहेकाले डिजिटल बैंकिङ्ग कारोबारबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्