
सानिमा बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
आइतवार भएको साधारण सभाले हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । तुक प्रसाद पौडेल र गायत्री थापा भने पुनः निर्वाचित भएका हुन्।
आर्थिक बर्ष २०७७/७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।