०८ असार २०८३, सोमबार

जापान : ट्रेनमा गरे व्यक्तिले जथाभावी छुरा प्रहार, १७ जना घाइते

कात्तिक १५, २०७८
जापान : ट्रेनमा गरे व्यक्तिले जथाभावी छुरा प्रहार, १७ जना घाइते

जापानको राजधानी टोकियोमा आइतवार साँझ २४ वर्षीय व्यक्तिले जथाभावी चक्कु प्रहार गर्दा कम्तीमा १७ जना घाइते भएका छन् । 

शहरको मध्यभागमा हालोवीन मनाउनका लागि मानिसहरू जाँदै गर्दा आक्रमण गरिएको हो । 

ती व्यक्तिले जोकरको वस्त्र लगाएको प्रत्यक्षदर्शीहरूले बताए । 

७० वर्षका एक व्यक्तिको छातीमा चक्कु प्रहार गरिएकोमा उनको अवस्था गम्भीर रहेको बताइएको छ । 

मोबाइलबाट खिचिएको फूटेजमा केइयो लाइनमा आक्रमण भएको देखिन्छ । आक्रमणकारीबाट भाग्नका लागि यात्रुहरू दौडिरहेको भिडियोमा देखिन्छ । 

ड्यांग आवाज आएको र मानिसहरू चिच्याएको सुनिन्छ । त्यसपछि आगोको गोला फुटेको अनि डब्बामा धूवाँ भरिएको देखिन्छ । 

यात्रुहरू ट्रेनको झ्यालबाट हाम्फालेको अनि प्ल्याटफर्मबाट भागेको पनि देखिन्छ । घटनापछि ट्रेनलाई आकस्मिक रूपमा रोकिएको थियो । 

जापानको सरकारी टीभी एनएचकेका अनुसार, आक्रमणकारीले चक्कु प्रहार गरेपछि आगो समेत लगाएका थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ । 

ट्रेन शिनजुकु स्टेसनतर्फ जाँदै थियो । 

salt training

कमेन्ट गर्नुहोस्