१८ असार २०८३, बिहीबार

मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’

कात्तिक १५, २०७८
मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’

नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा राखेका छन् ।

सोमवार बस्ने प्रदेशसभा बैठकमा प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्